Kathmandu Press

भारतमा थप २० हजारमा कोरोना पुष्टि 

काठमाडौ, पुस २३ : भारतमा थप २० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २० हजार ४६०...
भारतमा थप २० हजारमा कोरोना पुष्टि 

काठमाडौ, पुस २३ : भारतमा थप २० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २० हजार ४६० जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ९५ हजार ९३८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ३७२ पुगेको हो ।

प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्