Kathmandu Press

ट्रम्पका समर्थकद्धारा अमेरिकी संसदभित्रै आक्रमण, वासिङ्टनमा कर्फ्यू

काठमाडौं, पुस २३ : अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर आक्रमण र तोडफोड गरेका छन्।अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको...
ट्रम्पका समर्थकद्धारा अमेरिकी संसदभित्रै आक्रमण, वासिङ्टनमा कर्फ्यू

काठमाडौं, पुस २३ : अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर आक्रमण र तोडफोड गरेका छन्।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो आक्रमण भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्। क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्तिहरूलाई हिरासतमा लिएको छ। अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्।

क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो। एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो। कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।

प्रायः उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए। बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ। ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहेका छन्। उनले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन्। ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए।

यसैबीच राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन्। उनले लेखेका छन्, उनीहरू हाम्रो देशकै पक्षमा छन्। शान्ति कायम गर्नुहोस्। 

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, पुस २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्