कर्णालीमा योजना आयोगले सरकारले सञ्चालन गरेका योजना अनुगमन गर्ने

वीरेन्द्रनगर, पुस २२ : कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो। प्रदेश सरकारले सञ्चालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि विषयगत मन्त्रालयको सहभागितामा अनुगमन संयन्त्र गठन गर्ने भएको हो।
योजना आयोगका पदाधिकारीको नेतृत्वमा विषयगत मन्त्रालयका कम्तीमा अधिकृतस्तरका प्रतिनिधिसहितको अनुगमन संयन्त्र गठन गरेर सरकारका हरेक आयोजनाको अनुगमन गरिने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए।
उनका अनुसार अनुगमन टोलीले अनुगमनका क्रममा आयोजना तथा कार्यक्रममा देखिएका समस्या तथा समाधानका उपायबारेमा प्रदेश सरकारलाई प्रतिवेदन दिनेछ। त्यसका आधारमा सरकारलाई थप योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने डा रोकायाले विश्वास व्यक्त गरे।
प्रदेश योजना आयोगले प्रदेश सरकारका विषयगत मन्त्रालयका सचिवसँग बैठक गरी प्रदेशभित्र सञ्चालन हुने आयोजनाको अध्यावधिक विवरण प्रदेश आयोजना बैंकका लागि १० दिनभित्र उपलब्ध गराउने निर्णय गरेको उनले बताए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)