Kathmandu Press

माधव नेपालको आरोप– प्रधानमन्त्री ओलीमा सत्ताको मात चढेको रहेछ

काठमाडौं, पुस २२ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले...
माधव नेपालको आरोप– प्रधानमन्त्री ओलीमा सत्ताको मात चढेको रहेछ
माधवकुमार नेपाल।

काठमाडौं, पुस २२ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो व्यवस्था र गणतन्त्रमाथि प्रहार गरेको आरोप लगाएको छन्। 

बुधबार नयाँ बानेश्वरमा नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनाविपरीत असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप लगाएका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई सत्ताको मात लागेको पनि बताए। ‘उहाँमा सत्ताको मात चढेको रहेछ,’ उनले भने,‘पार्टीभित्रको विवादलाई देखाएर सिंगो संसद नै भंग गरिदिनु भयो। सत्ताको मात खतरनाक हुँदो रहेछ।’

नेपालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संविधान विरोधी काम गरेको पनि बताए। उनले भने,‘उहाँले आफूलाई पार्टीभित्र काम गर्न दिइएन त्यसैले मैले संसद विघटन गरेको हुँ भन्नुभएको छ। यो संविधान विरोधी कदम र लोकतान्त्रिक मूल्यमान्यता विपरीतको काम हो।’
 

प्रकाशित मिति: १७:०१ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्