Kathmandu Press

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनामा

काठमाडाैं, पुस २२ : सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन्।उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा...
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनामा

धनगढी, पुस २२ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकट सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपडबहादुर बोहराले राजीनामा दिएका छन्।

बुधबार पत्रकार सम्मेलन गरी मन्त्री बोहराले राजीनामाको घोषणा गरेका हुन्। नेकपा विभाजित भएको र आफू मुल पार्टीको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीका पक्षमा रहेकाले राजीनामा दिएको उनले बताए। यसअघि मन्त्री बोहरालाई प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा बोहरा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन्।

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले  प्रधानमन्त्री ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई बर्खास्त गरेका थिए।

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्