Kathmandu Press

संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा छन् : कमल थापा

काठमाडौं, पुस २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन्। उनले अदालतलाई दबाब वा प्रभाव...
संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा छन् : कमल थापा

काठमाडौं, पुस २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन्। उनले अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने पनि बताएका छन्।

बुधबार फेसबुमा स्टाटस लेख्दै अध्यक्ष थापाले गत निर्वाचनमा जनताले स्थिर सरकारका लागि नेकपालाई स्पष्ट बहुमत दिएपनि जनताको म्याण्डेटलाई धोका भएको बताए।

‘गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई स्पष्ट बहुमत दिएका हुन्। जनताको यो म्याण्डेटलाई नेकपाले धोखा दियो।यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संबैधानिक मान्यता हो। जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठबन्धन सरकार स्वभाविक हो। तर,एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय होइन। लोकतान्त्रिक मान्यता पनि होइन।आआफ्नो स्वार्थ अनुकूल संविधानको व्याख्या गर्नु खतरनाक हुन्छ,’ उनले भनेका छन्।

अध्यक्ष थापाले कानुनी रूपमा नेकपा अझै नफुटेको बताए। उनले ताजा जनादेश प्राप्त नगरी नेपाली कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने समेत बताएका छन्।

उनले भनेका छन्,’केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ।संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ। कानूनी तिकडम र अपवित्र गठवन्धनले होइन। आफ्ना मूलभूत मान्यताहरू नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको हो। दुई तिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यता अनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौं। अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। यस अवस्थामा हामी राम रामभन्दा बढी केही भन्न सक्दैनौं।’ 

प्रकाशित मिति: १५:०९ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्