रिट निवेदकहरुले मागे बृहत पूर्ण इजलास
काठमाडौं, पुस २२ : बुधबारदेखि सुरू भएको संवैधानिक इजलासको सुनुवाईका लागि रिट निवेदकहरुले वृहत पूर्ण इजलास गठनको माग गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं, पुस २२ : बुधबारदेखि सुरू भएको संवैधानिक इजलासको सुनुवाईका लागि रिट निवेदकहरुले वृहत पूर्ण इजलास गठनको माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर संवैधानिक इजलासमा सुनुवाई सुरु गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गरेका छन्। संवैधानिक इजलासले अन्तिम व्याख्याका लागि वृहत पूर्ण इजलास गठनको आदेश दिनुपर्ने उनीहरुको माग छ
‘प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय हो, यसको अन्तिम व्याख्या बृहत पूर्ण इजलासले मात्र गर्न सक्दछ’ निवेदनमा भनिएको छ, हामीले उठाएको विषयलाई पनि वृहत पूर्ण इजलासले अन्तिम व्याख्या गर्नुपर्दछ भन्ने हाम्रो संयुक्त निवेदन छ।’










-1791199439.jpg)
