संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूको विराेध प्रदर्शन
काठमाडौं, पुस २२ : संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल नेकपाको विद्यार्थी संगठनले विरोध गरेको छ। रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन...
काठमाडौं, पुस २२ : संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल नेकपाको विद्यार्थी संगठनले विरोध गरेको छ।
रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन बालेर विरोध प्रदर्शन गरेको हो।
प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ। उनीहरूले ‘दिउँसै लालटिन बाल्यौं है, संविधानमा संसद विघटनको धारा खोइ?’ जस्ता नारा लगाएर पनि प्रदर्शन गरेका छन्।
उनीहरूले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने पनि बताएका छन्।
प्रकाशित मिति: १४:०६ बजे, बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
