सुवास नेम्वाङले भनेका थिए- 'प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्तैन' (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि उनकै पक्षमा रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले त्यतिवेला भने संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने व्यवस्था गरिएको बताएका थिए।
काठमाडौं, पुस २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनकै पक्षमा रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले त्यतिवेला प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने व्यवस्था गरिएको बताएका थिए।
उनले कांभ्रेको धुलिखेलमा युएनडीपी र संसद् सचिवालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पनि यहि भनाइ दोहोर्याएका थिए।
उनले पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने व्यवस्था गरिएको बताएका थिए। २०७६ साउन ४ गते धुलिखेलमा आयोजित प्रशिक्षणमा नेम्वाङले भनेका थिए, 'प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैन।'
प्रधानमन्त्री ओलीका निकट नेता नेम्वाङ अहिले भने यस विषयमा बोलेका छैनन्। यो विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले नबोल्ने बताउँदै आएका छन्।
अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था छैन। पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ - सुवास नेम्वाङ, अध्यक्ष, संविधान सभा। pic.twitter.com/pD3dSu3KlC
— ParliamentaryJournos (@jspanepal) July 20, 2019










-1791199439.jpg)
