Kathmandu Press

दोस्रो टेस्ट : पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

दोस्रो टेस्ट : पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

क्राइस्टचर्च, पुस २२ : अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ। यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ। 

पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए। ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए। 

पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो। पहिलो इनिङमा ६५९ रन बनाएको न्यूजील्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो।

दुई खेलको यस शृंखलामा न्यूजीन्यान्डले २–० ले विजयी भएको छ। 

पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते। 

दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए। 

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्