Kathmandu Press

कर्णालीका राउटे परिवारलाई कम्बल वितरण

कर्णालीका राउटे परिवारलाई कम्बल वितरण

कर्णाली, पुस २२ : बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका–८ दैलेखका ४८ राउटे परिवारलाई कम्बल वितरण गरेको छ।

समुदायले मंगलबार राउटे बस्तीमै पुगेर कम्बल वितरण गरेको हो। गुराँस गाउँपालिका–८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ घरपरिवारलाई सहयोग गर्न गएको समुदायको टोली उनीहरु बेँसी झरेको खबर पाएपछि त्यहाँबाट सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर कम्बल वितरण गरिएको ईस्टर्न समुदायका विशप गोपाल क्षेत्रीले जानकारी दिए।  

Hardik ivf

चिसोमा बस्ने राउटे परिवारलाई न्यानो गराउने हेतुले उनीहरुलाई कम्बल वितरण गरिएको बताउँदै उहाँले रु एक लाख ८४ हजार ४०० मूल्य बराबरको कोरियन ब्राण्डको डबल बेडको कम्बल सहयोग गरिएको जानकारी दिए।

सो वडा कार्यालयले प्रत्येक राउटेलाई मासिक रु तीन हजार भत्ता उपलब्ध गराउँदै आएको छ। कर्णाली प्रदेश सरकारले पनि प्रत्येक राउटेलाई रु दुई हजार भत्ता दिने निर्णय गरेको छ। प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्रति राउटेले मासिक पाँच हजार रुपैयाँ पाउनेछन्।  

चिसोको समयमा कम्बल दिने आफ्ना लागि भगवान नै भएको राउटे भक्तबहादुर शाहीले बताए। राउटे महिला सुवा शाहीले चिसोमा कम्बल सहयोग गरेकोमा खुशी व्यक्त गर्दै अहिले आफ्न खाने चामल नभएकोले सहयोग गर्न अनुरोध गरे। 

बिलिभर्स समुदायले आगामी केही दिनपछि राउटेलाई खाद्यान्नसमेत उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्