Kathmandu Press

हुम्लामा विद्यालय भर्ना हुन खोप कार्ड अनिवार्य

हुम्ला, पुस २२ : हुम्लाको सातवटै गाउँपालिकामा विद्यार्थी भर्ना गर्न खोप कार्ड अनिवार्य गरिएको छ। जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लालाई पूर्ण खोप घोषणा गर्न...
हुम्लामा विद्यालय भर्ना हुन खोप कार्ड अनिवार्य

हुम्ला, पुस २२ : हुम्लाको सातवटै गाउँपालिकामा विद्यार्थी भर्ना गर्न खोप कार्ड अनिवार्य गरिएको छ। 

जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लालाई पूर्ण खोप घोषणा गर्न सातवटै गाउँपालिकामा विद्यालय भर्ना हुँदा खोप कार्ड अनिवार्य गरिएको हो। 

उक्त कार्यक्रमले बालमृत्युदर कम गर्ने, अपाङ्गता दर घटाउने अपेक्षा लिइएको छ। साथै, सरकारले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तर्गतको बालपोषण भत्ता वितरण गर्दा पनि खोप कार्ड अध्ययन गरी ४४ वटै वडामा खोप कार्यक्रमको बारेमा जानकारी गराउने जिल्ला खोप समन्वय समितिले जनाएको छ। 

कार्यक्रममा स्वास्थयका लागि सक्षम प्रणाली र संयुक्त राष्टसंघीय बालबालिका कोषका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्