अरू बाटो रोज्न नपरोस् : डा.बाबुराम भट्टराई
काठमाडौं, पुस २२ : प्रतिनिधिसभा विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले सच्याउने जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले...
काठमाडौं, पुस २२ : प्रतिनिधिसभा विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले सच्याउने जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बताएका छन्।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेपछि डा.भट्टराईले सामाजिक सञ्जालमार्फत गलत कदम सच्चिने विश्वास जनाएका हुन्। उनले बुधबार बिहान ट्वीट गर्दै भनेका छन्, 'आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ!'
उनले सर्वोच्च अदालतले लोकतन्त्रकै पक्षमा निर्णय गर्ने आशा गर्दै अरु बाटो रोज्न नपर्ने जनाएका छन्। डा. भट्टराईले भनेका छन्, 'ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ! अरू बाटो रोज्न नपरोस्!'
आजदेखि सबैको आॅखा सर्वोच्च अदालततिर हुनेछ!ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ!अरू बाटो रोज्न नपरोस्!
— Baburam Bhattarai (@brb1954) January 6, 2021










-1791199439.jpg)
