Kathmandu Press

हिमपातले हिल्सा नाका आवतजावत बन्द

सिमकोट, पुस २२ : हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ।नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा...
हिमपातले हिल्सा नाका आवतजावत बन्द

सिमकोट, पुस २२ : हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ।

नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको हो।

आइतबारदेखि परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सशस्त्र प्रहरीको हिल्सा बिओपीका इन्चार्ज सुरज केसीले बताए।

शनिबारसम्म ६ हजार ६ सय मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको इन्चार्ज केसीले बताए। पैदल हिँड्न पनि सक्ने अवस्था पनि नभएको उनले बताए।

हिल्सामा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन्। हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताए।

हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन। टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको उनले बताए।

सबैजना घरभित्र आगो तापेर बसिरहेका छन्। हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले बताए। (रासस)

प्रकाशित मिति: १०:४० बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्