Kathmandu Press

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं, पुस २२ : नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन्।यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले...
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं, पुस २२ : नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा परेका छन्।

यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ। प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो।

प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलरदेखि दुई लाख १८ हजार अमेरिकी डलर अर्थात एक करोड ७२ लाखदेखि दुई करोड ५५ लाख रुपैयाँ तोकिएको छ।

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन्।

एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ। यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ।

पिएसएलका लागि पुस २६ गते खेलाडी छनोट गरिनेछ। ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने ६ टोलीले खेलाडीको चयन गर्नेछन्।

यस वर्षको पिएसएल मार्चमा हुनेछ। लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेलेका थिए।

उनी अहिले अस्ट्रेलियामा बिगबास लिग (बीबीएल) खेलिरहेका छन्। उनले पहिलो दुई खेलमा होबर्ट हुरिकेन्स्का लागि राम्रो प्रदर्शन गरेका छन्।

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्