Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीश

काठमाडौं, पुस २२ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न गठिन संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश दोहोरिएका छन्।बुधबार सर्वोच्च अदालतले तोकेको दैनिक पेशी सूचिमा...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीश

काठमाडौं, पुस २२ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न गठिन संवैधानिक इजलासमा यसअघिकै न्यायाधीश दोहोरिएका छन्।

बुधबार सर्वोच्च अदालतले तोकेको दैनिक पेशी सूचिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ। संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्।

यस अघि पुस १० गतेको संवैधानिक इजलासमा पनि उनीहरु नै परेका थिए। त्यस दिनको इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिनिधिसभा विघटन गर्नुको कारण पेश गर्न आदेश दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। यो संविधानविपरीत भएको भन्दै सर्वोच्चमा १४ वटा रिट परेका थिए।

सबै रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। पुस १९ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिखित जवाफ बुझाइसकेको छ।

आजदेखि यस मुद्दामा नियमित सुनुवाइ हुने भएको छ।

 

प्रकाशित मिति: १०:१८ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्