Kathmandu Press

टोटेनह्याम लिग कपको फाईनलमा

काठमाडौं, पुस २२ : इंग्लीश प्रिमियर क्लब टोटनह्याम हट्सपर लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।गएराति भएको सेमिफाईनल...
टोटेनह्याम लिग कपको फाईनलमा

काठमाडौं, पुस २२ : इंग्लीश प्रिमियर क्लब टोटनह्याम हट्सपर लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाईनल खेलमा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० ले पाखा लगाउँदै जोजे मैरिन्होको टोली टोटनह्याम फाईनलमा पुगेको हो । खेलमा टोटनह्यामलाई विजयी गराउन सिसोको र सन ह्युङ मिनले एक एक गोल गरे ।

टोटनह्यामले अब उपाधिका लागि म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, पुस २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्