प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि आजदेखि निरन्तर सुनुवाइ हुने

काठमाडौं, पुस २२ : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।
यसअघि नै अदालतले पुस २२ गतेदेखि निरन्तर सुनुवाई हुने भनी आदेश गरे अनुसार संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। पुस १० गते सर्वोच्चले सरकारसँग संसद विघटनको कारण माग गर्दै मन्त्रीपरिषदको निर्णय र राष्ट्रपतिलाई गरेको सक्कल सिफारिस तथा प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको सक्कल फाइल मगाउने आदेश दिएको थियो।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सभामुख अग्नी सापकोटाले सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन्। गएको १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले आजदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।
रिट निवेदकहरुले वृहत् पूर्ण इजलासको माग गरेपनि सर्वोच्चले त्यसले अस्वीकार गर्दै संवैधानिक इजलासमै सुनुवाइ गर्ने भनेको छ। निरन्तर सुनुवाई भएपनि अन्तरिम आदेश आउन झण्डै एक महिना लाग्नसक्ने अनुमान गरिएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीविरुद्ध १३ वटा रिट निवेदन परेका छन् ।










-1791199439.jpg)
