Kathmandu Press

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

काठमाडौं, पुस २२ : बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ ।प्रधानमन्त्रीको...
बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित

काठमाडौं, पुस २२ : बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको डाउनिङले स्ट्रिटले मङ्गलबार जानकारी गराएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका थिए । बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराएको बताइएको छ ।

Hardik ivf

जोनसनले यसै वर्ष बेलायतमा आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो । भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिन पूर्वकार्यक्रम रहेको थियो ।

अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू : क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् । प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तन लगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउन पहल गर्ने बताइएको थियो ।

बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले बे्रक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति: ०७:२७ बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्