Kathmandu Press

चुनावको तयारीमा लाग्न युवालाई महेश बस्नेतको निर्देशन    

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले युवालाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
चुनावको तयारीमा लाग्न युवालाई महेश बस्नेतको निर्देशन    

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले युवालाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । राष्ट्रिय युवा संघ म्याग्दीले आज बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै  बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वाभाविक र संवैधानिक भएको बताए ।

‘पार्टीका केही नेताले आफ्नो स्वार्थपूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरी संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।’     

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्ने, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्र्याएको बताए । सुरुआत गरिएका योजनालाई पूर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा प्रम ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नवराज शर्माले बताए ।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्