Kathmandu Press

योगेश भट्टराईको आरोप- प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिँडे

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा...
योगेश भट्टराईको आरोप- प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिँडे

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँड्न खोजेको आरोप लगाएका छन्। 

मंगलबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वपर्यटनमन्त्रीसमेत रहेका भट्टराईले संविधान विरोधी काम गरेर प्रधानमन्त्री ओली पूर्वराजा शाहको पथमा हिँड्न खोजेको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री ओलीलाई उनीनिकट केही नेताहरुले संघीयता नै खारेज गर्न सुझाव दिइरहेको भन्दै उनले भने,‘संघीयता खारेज गर्न खोज्नु भनेको पूर्वराजा शाहकै पथ हो।’

केही दिनअघि प्रधानमन्त्री ओलीनिकट नेतृ निरु पालले संघीयता नै खारेज गर्न प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएकी थिइन्।  भट्टराईले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर प्रतिक्रान्ति र पश्चगमनतर्फ लागेको आरोप लगाए।

भट्टराईले प्रधानमन्त्री ओली पक्षधरले राजनीतिक परिस्थितिलाई मोड्न जनताको बहुदलीय जनवादको कुरा उठाएको पनि बताए। उनले ओली पक्षधरले पूर्वएमाले तथा जनताको बहुदलीय जनवादलाई एकीकृत गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिलाई मोड्नका निम्ति मात्रै भएको बताए। 
 

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्