Kathmandu Press

प्रवक्ता श्रेष्ठ भन्छन्– नेकपा र सूर्य चुनाव चिन्ह हामीले नै पाउँछौँ

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुसँगै रहनेमा दाबी गरेका...
प्रवक्ता श्रेष्ठ भन्छन्– नेकपा र सूर्य चुनाव चिन्ह हामीले नै पाउँछौँ
नारायणकाजी श्रेष्ठ।

काठमाडौं, पुस २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुसँगै रहनेमा दाबी गरेका छन्।

मंगलबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिकता र सूर्य चुनाव चिन्ह आफूहरुले पाउने दाबी गरेका हुन्। ‘केन्द्रीय कमिटीका बहुमत सदस्य र बहुमत सांसद हामीसँग हुनुहन्छ,’उनले भने,‘निर्वाचन आयोगले सुझबुझपूर्ण निर्णय लिनेछ। नेकपा र सूर्य चुनाव चिन्ह हामीलाई नै दिनेछ। यसमा कुनै दुविधा छैन।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको पनि बताए। ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन,’ उनले भने,‘सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेछ भन्ने हाम्रो विश्वास छ।’

उनले संविधान अनुसार संसद सुचारु हुनेमा आफूहरु ढुक्क रहेको पनि बताए। ‘संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुन्छ भनेरै संविधानमा प्रधानमन्त्रीको संसद विघटनको विशेषाधिकारलाई हटाइएको हो,’ उनले भने,‘त्यसैले अदालतले अब संविधान अनुसार नै निर्णय गर्नेछ भन्ने विश्वास हामीलाई छ।’
 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्