Kathmandu Press

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको  मृत्यु    

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट...
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको  मृत्यु    

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।     

उनीसँगै मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१ की सलिना राई घाइते भएकी छन् । उनीहरु दुवैलाई बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्