Kathmandu Press

उपेन्द्र यादव भन्छन्– असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदै छ 

काठमाडौं, पुस २१ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले संसद जिवित रहेको बताएका छन्। मंगलबार नयाँ बानेश्वरमा...
उपेन्द्र यादव भन्छन्– असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदै छ 

काठमाडौं, पुस २१ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले संसद जिवित रहेको बताएका छन्। 

मंगलबार नयाँ बानेश्वरमा जसपा नेपालले गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तर्क्रियामा अध्यक्ष यादवले संविधान अनुसार संसद विघटन हुन नसक्ने भएकाले संसद जिवितै रहेको बताएका हुन्।

‘संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने,‘जसरी संसद विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिनु भयो। यो असंवैधानिक र अलोकतान्त्रिक छ।’ 

संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नै असंवैधानिक भएकाले प्रतिनिधिसभा जिउँदै रहेको बताए। ‘प्रतिनिधिसभा कसैको सनकको भरमा विघटन हुनसक्दैन। प्रतिनिधिसभा जिउँदैछ,’उनले भने।

प्रकाशित मिति: १५:१२ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्