Kathmandu Press

नेपालको टिप्पणी– प्रधानमन्त्रीले पदअनुसारको भाषा प्रयोग गर्न जानेनन्

‘प्रधानमन्त्रीलाई स्थायित्व दिनकै लागि प्रधानमन्त्री चुनिएको व्यक्तिका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ । तर प्रधानमन्त्री ओलीले मनपरी ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो,’ उनले भने, ‘यो सम्पूर्ण हिसाबले असंवैधानिक छ ।  एक जनाको सनक र गलत व्याख्याको आधारमा सिंगो मुलुकलाई बलिदान दिन पाइँदैन ।’
नेपालको टिप्पणी– प्रधानमन्त्रीले पदअनुसारको भाषा प्रयोग गर्न जानेनन्

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुसारको भाषा बोल्न नजानेको  आरोप लगाइएको छ ।  प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा पार्टीका नेता र विपक्षी दलका केही नेताप्रति गरेको टिप्पणीको भाषा निम्न स्तरको भएको भन्दै  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपालका समूहका अध्यक्ष माधवकुमार नेपालले पदअनुसारको भाषा बोल्न नजानेको आरोप लगाएका हुन् । 

नेपालले भने, ‘उहाँले विपक्षी दलका नेता तथा नेकपाका केही नेताका बारेमा गरेको टिप्पणी सुन्नुहोस्, उहाँले पदअनुसारको मर्यादित भाषा बोल्नुभएको छैन ।”

त्यस्तै, नेपालले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बनेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले मंगलबार आयोजना गरेको  ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक’ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले स्वेच्छाचारी नीति अवलम्बन गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका हुन् ।

नेपालले नेपालको संविधान २००७२ मा सरकारको स्थायित्वको व्यवस्था गरिएको बताए ।  ‘प्रधानमन्त्रीलाई स्थायित्व दिनकै लागि प्रधानमन्त्री चुनिएको व्यक्तिका विरुद्धमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ । तर प्रधानमन्त्री ओलीले मनपरी ढंगले प्रतिनिधिसभा विघटन गर्नुभयो,’ उनले भने, ‘यो सम्पूर्ण हिसाबले असंवैधानिक छ ।  एक जनाको सनक र गलत व्याख्याको आधारमा सिंगो मुलुकलाई बलिदान दिन पाइँदैन ।’

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्