‘अहिले प्रदेश सरकार भंग हुँदैन’
प्रदेश सरकार फेरबदलबारे कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, ‘अहिले प्रदेशसभा वा प्रदेश सरकार भंग गर्ने कुनै सम्भावना छैन ।'.jpg)
खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए ।
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, ‘कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली संकटमा पर्यो भने चुनावमै जाने हो । त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।’
नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर संकटमा फसे पनि विभाजन नभएकाे बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको संकट समाधान हुने सम्भावना कायमै रहेको बताए । नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता/कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए । प्रदेश सरकार फेरबदलबारे कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, ‘अहिले प्रदेशसभा वा प्रदेश सरकार भंग गर्ने कुनै सम्भावना छैन ।'









-(86)-1764936079.jpg)


-1764760320.jpg)