कोरोना संक्रमितलाई विमान यात्रा अनुमति दिने कर्मचारी कारबाहीमा
काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापर्वाही गर्ने मलेसिया स्टेसनका कर्मचारीलाई कारबाही गरेको छ । निगमको मलेसियास्थित स्टेसनमा कार्यरत कर्मचारीबाट गम्भीर लापर्वाहीका....jpg)
काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापर्वाही गर्ने मलेसिया स्टेसनका कर्मचारीलाई कारबाही गरेको छ । निगमको मलेसियास्थित स्टेसनमा कार्यरत कर्मचारीबाट गम्भीर लापर्वाहीका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेसिया स्टेसनमा सधैंका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
गत डिसेम्बर ३० तारिखका दिन मलेसियाबाट काठमाडौं आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पीसीआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला मचिएको थियो ।
निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए । ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो । सो घटनामा निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेसन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारबाही गरेको हो ।
निगमको आन्तरिक तथा बाह्य स्टेसनका लागि खट्ने जनशक्तिको व्यवस्था गर्न गठित पोष्टिङ कमिटीले स्पष्टीकरण सोधेको थियो । यो कमिटी महाप्रबन्धकको संयोजकत्वमा मानव संशाधन विभागका उपनिर्देशक, अर्थ विभागका निर्देशकसहित छ सदस्यीय स्थायी प्रकृतिको हुन्छ । कमिटीको पुस १७ को बैठकले कोभिड पोजेटिभ भएका यात्रु आउनुमा निगमका स्टेसनमा खटिएका कर्मचारीको गम्भीर लापर्वाही देखिएको भन्दै यसले निगमको साख मात्र नभई देशकै प्रतिष्ठासँग जोडिएकाले कारबाही गर्नुपरेको निगमले उल्लेख गरेको छ ।
यात्रुको खर्च तीन जनाले बेहोर्नुपरे पनि आर्थिक म्यानेजर थापालाई भने फिर्ता बोलाइएको छैन । बाँकी दुई जनालाई नेपाल बोलाइएको छ । मलेसियाको क्लालम्पुर एयरपोर्टमा निगमको ग्राउण्ड ह्याण्डलिङ एजेन्ट ९जिएचए० लाई पनि स्पष्टीकरण सोधिएको निगमले जनाएको छ । सुरुमा जिएचएलाई क्षतिपूर्ति तिराउने र त्यो नभए कर्मचारीबाटै असुलउपर गर्ने निर्णय भएको निगम व्यवस्थापनले जनाएको छ । ती यात्रुलाई काठमाडौँका दुई होटलमा राखिएको छ । पिसिआर परीक्षण र होटलमा बसेर खाएको खर्च बेहोर्नुपर्नेछ ।










-1791199439.jpg)
