कोरोनाबाट १३ वर्षीय बालकसहित तीन जनाको मृत्यु
नेपालगन्ज, पुस २१ : कोरोना भाइरसको संक्रमणबाट १३ वर्षीय बालकसहित बाँकेमा तीन जनाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार उपचारका क्रममा दाङ,...
नेपालगन्ज, पुस २१ : कोरोना भाइरसको संक्रमणबाट १३ वर्षीय बालकसहित बाँकेमा तीन जनाको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार उपचारका क्रममा दाङ, बाँके र कञ्चनपुरका तीन जनाको मृत्यु भएको हो। दुई जनाको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा र एक जनाको भेरी अस्पतालमा मृत्यु भएको जनाएको छ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दाङका १३ वर्षीय बालक रहेका छन्। उनको गएराति उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
त्यस्तै, नेपालगन्ज मेडिकल कलेजमै गएराति कञ्चनपुरका ६३ वर्षीय बृद्धको मृत्यु भएको छ। उनलाई पनि केही दिन अघि उपचारका लागि कोहलपुर ल्याइएको थियो।
यस्तै, भेरी अस्पतालमा मृत्यु भएका ६८ वर्षीय बृद्ध जानकी गाउँपालिकाका बासिन्दा हुन्। उनलाई गत साता अस्पताल भर्ना गरिएको थियो।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
प्रकाशित मिति: १२:१६ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
