सरकारविरुद्ध अनेरास्ववियुले गर्याे आन्दोलनकाे घोषणा
काठमाडौं, पुस २१ : प्रतिनिधिसभा विघटनको विरोधमा अनेस्ववियुले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ।प्रचण्ड नेपला नेतृत्वको नेकपा समर्थित अनेस्ववियुले आन्दोलनको घोषणा गरेको हो। प्रधानमन्त्री...
काठमाडौं, पुस २१ : प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले सरकारविरुद्ध आन्दोलनकाे घोषणा गरेको छ।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा समर्थित अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोध गर्दै अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ प्रेस विज्ञप्ति जारी गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। पुस २१ देखि २९ गतेसम्म दोस्रो चरणको आन्दोलनअन्तर्गत देशभर प्रदर्शन गरिने भएको छ।
माघ १ गते तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने अनेरास्ववियुले जनाएको छ।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
