पश्चिमी वायुको प्रभाव कायमै, केही ठाउँमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं, पुस २१ : आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ...
काठमाडौं, पुस २१ : आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको छ ।
हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन । हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात र अन्य केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ भने वाग्मती प्रदेशका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि बद्ली भएको देशभरको मौसम भोलिदेखि भने कम पर्ने छ ।
वर्षा र हिमपातपछि चसो बढेपछि महाशाखाले चौविस घण्टे परामर्श जारी गर्दै सचेत रहन आग्रह पनि गरेको छ ।
प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
