संक्रमण वढेपछि बेलायतमा पुनः लकडाउन घोषणा
काठमाडौं, पुस २१ : कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा पुनः लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न...
काठमाडौं, पुस २१ : कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा पुनः लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् ।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताए ।
अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनले जानकारी दिए । नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा हवाई उडानहरु स्थगित भइसकेका छन् ।
लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द नगरिने जोनसोनले जनाएका छन् । लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म कायम हुन सक्ने जनाइएको छ ।
प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












