भारतमा थपिए १६ हजार कोरोना संक्रमित
काठमाडौ, पुस २१ : भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा...
काठमाडौ, पुस २१ : भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २७८ जनामा संक्रमण भएको हो । पछिल्लो यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ५७ हजार ५६९ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९९ लाख ७५ हजार ३४० जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ८८६ पुगेको हो ।
प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
