Kathmandu Press

प्रचण्डलाई बादलको सुझाव- प्रधानमन्त्री पद चाहिएको भए चुनाव जितेर आउनुस्

भरतपुर, पुस २० : गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री पद चाहिएको भए निर्वाचन जितेर आउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। सोमबार...
प्रचण्डलाई बादलको सुझाव- प्रधानमन्त्री पद चाहिएको भए चुनाव जितेर आउनुस्
गृहमन्त्री रामबहादुर थापा बादल।

भरतपुर, पुस २० : गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री पद चाहिएको भए निर्वाचन जितेर आउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। 

सोमबार चितवनमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले प्रचण्डलाई प्रधानमन्त्री पद निर्वाचन जितेर आएपछि मात्रै पाइने बताएका हुन्। ‘संसद विघटन भएर मध्यावधि निर्वाचनको मिति तोकिएको छ,’ उनले भने,‘अब संसद नरहेपछि प्रधानमन्त्री हुन अहिले पाइँदैन।  त्यसका लागि पहिले चुनाव जितेर आउनुस्। ’

गृहमन्त्री बादलले जनताको मत जितेर प्रधानमन्त्री र कार्यकर्ताको मत जिते महाधिवेशनबाट अध्यक्ष बन्न पनि प्रचण्डलाई सुझाव दिए। तर, मागेकै भरमा प्रधानमन्त्री पद भने नपाइने उनले बताए।

उनले प्रचण्ड र माधवकुमार नेपालकै कारण पार्टीमा विभाजन आएको बताए। ‘प्रचण्ड र नेपालजीहरुले पार्टी अध्यक्षलाई नै हटाएर गुट चलाउन थालेकाले हामीले त्यसलाई अस्वीकार गरेका हौं,’ उनले भने।

उनले प्रचण्ड–नेपाल समूह पार्टी फुटाउने लाइनमै सक्रिय हुँदै आएको पनि आरोप लगाए।  गृहमन्त्री बादलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको पनि दाबी गरेका थिए।
 

प्रकाशित मिति: १८:२० बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्