Kathmandu Press

प्रचण्ड-नेपाल समूहले शंकर र पृथ्वीसुब्बालाई प्रदेश इञ्चार्जबाट हटायो 

काठमाडौं, पुस २० :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई जना प्रदेश इञ्चार्जलाई हटाएको छ। सोमबार पेरिसडाँडामा...
प्रचण्ड-नेपाल समूहले शंकर र पृथ्वीसुब्बालाई प्रदेश इञ्चार्जबाट हटायो 

काठमाडौं, पुस २० :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई जना प्रदेश इञ्चार्जलाई हटाएको छ। 

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–जेपाल समूहको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई लुम्बिनी प्रदेश इञ्चार्ज र पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। दुवै इञ्चार्ज प्रधानमन्त्री ओली समूहका हुन्। 

यस्तै, बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवाली र गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिएको स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले जानकारी दिए। 

उनका अनुसार बैठकले गण्डकी प्रदेशका सहइञ्चार्ज किरण गुरुङलाई पनि हटाएको छ। गण्डकी प्रदेश सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको भुसालले जानकारी दिए। 
 

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्