Kathmandu Press

क्रिकेटः विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

क्राइस्टचर्च, पुस २० : पाकिस्तानविरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६...
क्रिकेटः विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

क्राइस्टचर्च, पुस २० : पाकिस्तानविरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ। 

पाकिस्तानविरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन्। 

क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्यूजील्यान्डले त्यसपछि कुनै विकेट गुमाएन। क्रिजमा विलियम्सन ११२ र निकोल्स ८९ रन बनाएर खेलिरहेका छन्। भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए। 

न्यूजील्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए।

पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो। न्यूजील्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन्।

पहिलो टेस्टमा न्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्