मन्त्रिपरिषद् विस्तारविरुद्धकाे मुद्दा आज चौथो पटक पेशीमा
काठमाडौं, पुस २० : मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दामा आज फेरि चौथो पटक पेशी तोकिएको छ। संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि...
काठमाडौं, पुस २० : मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दा आज फेरि पेशी तोकिएको छ। पेशी ताेकिएकाे याे चौथो पटक हाे।
संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ताहरुले रिट दायर गरेका थिए। यो मुद्दामा यस अघि तीन पटक पेशी तोकिएको भएपनि सुनुवाइ हुन सकेको छैन।
यसअघिका पेशीमा हेर्न नभ्याइने सूचिमा राखिएको थियो। जसले गर्दा बिहीबार, शुक्रबार र आइतबार सुनुवाइ हुन सकेको थिए।
आज फेरि सर्वोच्च अदालतले इजलास नं. ७ मा सुनुवाइका लागि पेशी तोकेको छ। आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा राखिएको छ।
यसअघि तीन पटक न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, कुमार रेग्मी र बमकुमार श्रेष्ठको छुट्टाछुट्टै पेशी तोकिएको थियो। कुनै पनि न्यायाधीशले हेर्न भ्याएका थिएनन्।
आज सुनुवाइ हुनसक्ने आश गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। तर, आज पनि यसभन्दा अघि ६ वटा मुद्दा छन्।
यस मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गरिएको छ।





