नेपालको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल नेतृत्वको स्थायी कमिटी बैठक माधवकुमार नेपालको अध्यक्षतामा बस्दैछ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले...
काठमाडौं, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल नेतृत्वको स्थायी कमिटी बैठक माधवकुमार नेपालको अध्यक्षतामा बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आज भारत गएका हुन्।
दिउँसो १ बजे बस्ने बैठकले आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने, एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने बताइएको छ।
प्रकाशित मिति: १३:२१ बजे, सोमबार, पुस २०, २०७७
थप समाचार





