त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ
काठमाडौं, पुस २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगर २ का बद्रीहाङ राई...
काठमाडौं, पुस २० : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा मेचीनगर २ का बद्रीहाङ राई रहेका छन्। उनको साथबाट प्रहरीले ९ एमएमको पेस्तोलको ५० थान गोली बरामद गरेको हो। श्री एयरलाइन्सको जहाजमार्फत भद्रपुर जाँदै गरेका राईलाई विमानस्थलमा चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।
प्रकाशित मिति: १३:०१ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
