हुम्लामा भारी हिमपात [फाेटाेफिचर]
हिमपातको कारण सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने यात्रुहरू हुम्लामै रोकिएका छन्।![हुम्लामा भारी हिमपात [फाेटाेफिचर]](https://kathmandupress.com/uploads/posts/1609746329_humla.jpg)
काठमाडौं, पुस २० : हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ। भारी हिमपातको कारण आइतबार साँझदेखि विमान सेवा अवरुद्ध भएको छ।
हिमपातको कारण सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने यात्रुहरू हुम्लामै रोकिएका छन्।
तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएको छ।
पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात र पहाडी भेगमा बर्षा भइरहेको छ।
हिमपातसँगै चिसो बढेर जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भन्दै किसानहरु भने खुसी भएका छन्।









प्रकाशित मिति: ११:५४ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
