नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीतालाई मुम्बई लगियो
काठमाडौं, पुस २०: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई उपचारका लागि भारतको मुम्बई लगिएको छ।सीतालाई आज बिहान ११ बजेको उडानबाट उपचारका लागि...
काठमाडौं, पुस २०: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई उपचारका लागि भारतको मुम्बई लगिएको छ।
सीतालाई आज बिहान ११ बजेको उडानबाट उपचारका लागि मुम्बई लगिएको हो। उनीसँगै प्रचण्ड र छोरी गंगा पनि मुम्बई गएका छन्।
उनको मुम्बईस्थित न्यूरोजेन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने जनाएको छ।
उनी लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी)बाट पीडित छिन्। यो रोगले मानसिक र शारीरिक रुपमा कमजोर बनाउँछ।
यसअघि विभिन्न अस्पतालमा उपचार गरिएको थियो। केही दिन अघि मात्रै उनको स्वास्थ्यमा थप समस्या देखिएको थियो।
प्रकाशित मिति: ११:५३ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
