Kathmandu Press

एक करोड ४७ लाखकाे स्राेत नखुलेपछि भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस २० : प्रहरीले एक जना भारतीय नागरिकलाई एक करोड ४७ लाख रुपैयाँसहित पक्राउ गरेको छ।आज बिहान ४ बजे काठमाडौंबाट ३० वर्षीय...
एक करोड ४७ लाखकाे स्राेत नखुलेपछि भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस २० : प्रहरीले एक जना भारतीय नागरिकलाई एक करोड ४७ लाख रुपैयाँसहित पक्राउ गरेको छ।

आज बिहान ४ बजे काठमाडौंबाट ३० वर्षीय अमितकुमार थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी निजी गाडीमा कपिलवस्तुबाट काठमाडौं आएका थिए।

उनीसँग रहेको एक करोड ४७ लाख रुपैयाँको स्रोत नखुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। नक्कली नोट भएको सूचनाका आधारमा प्रहरीले खानतलासी लिएको थियो।

खानतलासीका क्रममा नक्कली नोट भने नभेटिएको प्रहरीले जनाएको छ। तर, उनले आफूसँग भएको रुपैयाँको स्रोत भने खुलाउन नसकेको प्रहरीको भनाइ छ।

उनीसँगै गाडी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३२ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्