Kathmandu Press

नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै, आन्दोलनका कार्यक्रमबारे छलफल

काठमाडौं, पुस २० : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षधरको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा...
नेकपा प्रचण्ड–माधव पक्षको स्थायी कमिटीको बैठक बस्दै, आन्दोलनका कार्यक्रमबारे छलफल

काठमाडौं, पुस २० : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षधरको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

सरकारको असंवैधानिक कदमका विरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो। यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । संसद विघटनपछि आन्दोलनमा उत्रिएको यो समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ। 

प्रकाशित मिति: ०८:४६ बजे, सोमबार, पुस २०, २०७७