विश्वभर एकैदिन ७ हजार कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पुस २० : विश्वभरमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४...
काठमाडौं, पुस २० : विश्वभरमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण रहेका छन् ।
उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यस्तै विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ । ६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् ।
प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












