युभेन्टसले उडिनेसलाई ४–१ गोलले हरायो, रोनाल्डोले गरे दुई गोल
काठमाडौं, पुस २० : इटालियन सिरी ए फुटबलमा युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल...
काठमाडौं, पुस २० : इटालियन सिरी ए फुटबलमा युभेन्टसले उडिनेसलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे ।
रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।
जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि छ । त्यस्तै उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औ स्थानमा छ ।
प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











