Kathmandu Press

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा 

काठमाडौं, पुस २० : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई...
चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा 

काठमाडौं, पुस २० : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गर्दै शीर्ष पाँचमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीको जितमा इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एकरएक गोल गरे। चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे  । सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो ।

चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई  जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक/एक गोल गरे ।

अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो  स्थानमा छ भने  न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ । 

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्