प्रचण्ड भोलि भारत जाँदै
काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत जाने भएका छन्। बिरामी रहेकी पत्नी सीता...
काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार भारत जाने भएका छन्। बिरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई जाने भएका हुन्।
आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनले आफू पत्नीको उपचारको लाति भारत जान लागेको बताएका हुन्।
मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने बताएका छन्।
सीता लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
