१०५ केजी गाँजासहित सात जना पक्राउ
लाऔनि ब्युरोले विशेष सूचनाका आधारमा चेकजाँँच गर्दा ७ वटा पोकामा १५ केजीको दरले जम्मा १०५ गाँजा बराबम गरेको हो ।
प्रहरीले आज दिउँसो गाँजा लोड गरिएको ट्रकसहित सात जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोले पर्साको वीरगन्ज मनपा–२१ स्थित लालपर्सा गाउँ जाने सडकको किनारमा ना६ख ६५२५ नंको ट्रक र सात जनालाई पक्राउ गरेको हो । लाऔनि ब्युरोले विशेष सूचनाका आधारमा चेकजाँँच गर्दा ७ वटा पोकामा १५ केजीको दरले जम्मा १०५ गाँजा बराबम गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरका ३२ वर्षीय ट्रक चालक लक्ष्मण सिटौला, २४ वर्षीय विजय तामाङ, २६ वर्षीय रामलाल गोले र १८ वर्षीय प्रभात तामाङ, धादिङका ३७ वर्षीय निरज लामा, चितवनका ५० वर्षीय रानुलाल तामाङ र पर्साका ५१ वर्षीय मियाव आलम रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागु औषध कसुरसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७:३० बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












