Kathmandu Press

'सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो'

‘तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन। खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो।’
'सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो'

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका नेता  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका नेताहरुलाई सहिद भएर गएको भए श्रद्धाञ्जली दिने बताएका छन्। 

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आइतबार आयोजित अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरु सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन। खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो।’

साथै उनले नेताहरुलाई कुर्सीको मात्र पीर भएको भन्दै प्रचण्ड–माधव समूहमा लागेका नेताहरुको लागि कुर्सी यथावत राखिएको भन्दै पार्टीमा फर्किएर आउन आग्रह गरे

प्रकाशित मिति: १७:२३ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्