ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा
काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा लागेका छन्। कर्णाली प्रदेश सामाजिक विकास...
काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा लागेका छन्।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका हुन्।
संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार तीन जना प्रचण्ड–नेपाल समूहमा आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेको छ।
त्यस्तै, सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन्।
प्रकाशित मिति: १६:५१ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
