Kathmandu Press

प्रधानमन्त्रीकाे चाहना भए निर्वाचन जितेर आउन प्रचण्डलाई मुख्यमन्त्री पोखरेलको चुनौती

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश ईन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निर्वाचन जितेर आउन चुनौती...
प्रधानमन्त्रीकाे चाहना भए निर्वाचन जितेर आउन प्रचण्डलाई मुख्यमन्त्री पोखरेलको चुनौती

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश ईन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निर्वाचन जितेर आउन चुनौती दिएका छन्। 

ओली समूहको नेकपा रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र अध्यक्ष बन्ने चाहना भए पार्टीको महाधिवेशन र निर्वाचन जितेर आउन प्रचण्डलाई चुनौती दिएका हुन्।

पोखरेलले भने, ‘निर्वाचनबाट हारे पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर छ भने निर्वाचनमा सहभागि हुनोस्, टिको लगाएर प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुने भ्रमबाट बाहिर निस्किनुस्।’

मुख्यमन्त्री पोखरेलले पार्टी संकटमा पर्नुको जिम्मेबारी प्रचण्डको भएको बताएका छन्। 

प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मामाथि लगाएको झुठो र संगीन अभियोगपत्रको कारण पार्टी संकटमा परेको उनको भनाई छ। 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्